काठमाडौं । नेकपा एमाले फागुन २१ गते हुेने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ ।
निर्वाचनमा जानका लागि एमालेले निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । आज एमालेका निर्वाचन विभाग प्रमुख नीरज आचार्यले आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।
एमाले ६६औं नम्बरमा दर्ता भएको छ ।
एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।






प्रतिक्रिया दिनुहोस्