Skip to content

राष्ट्र बैंकले दुई फाइनान्सलाई गर्यो कारबाही, पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको हो।

राष्ट्र बैंकले पोखरा फाइनान्सलाई ३२ लाख ७७ हजार रूपैयाँ जरिवाना गराएको छ। फाइनान्सले २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिको लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले जरिवाना गरिएको हो।

यसैगरी, गुहेश्वरी मर्चेन्ट फाइनान्स कम्पनीले कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन राष्ट्र बैंकबाट स्वीकृति नगराई कार्यान्वयनमा ल्याएको भन्दै प्रमूख कार्यकारी अधिकृत र सञ्चालकहरूलाई कारवाही स्वरूप सचेत गरेको छ।

कम्पनीले वार्षिक साधारण सभाभन्दा अगाडि रिक्त भएको संचालक पदमा नियुक्ति नगरेको, वार्षिक साधारण सभामा समेत रिक्त सञ्चालक नियुक्तिको लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारण सभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको भन्दै सचेत समेत गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T