Skip to content

नबिल बैंकका दुई शाखा समायोजन, असार २२ देखि नयाँ स्थानबाट सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना कञ्चनबारी र मित्रपार्क शाखा कार्यालयको समायोजन तथा स्थानान्तरण गर्ने भएको छ। बैंकका अनुसार यी शाखाहरू असार २२ गतेदेखि नयाँ परिसरबाट सञ्चालनमा आउनेछन्।

बैंकले मोरङको विराटनगरस्थित कञ्चनबारी शाखालाई हालको स्थानबाट करिब १०० मिटर दूरीमा रहेको नयाँ भवनमा स्थानान्तरण गरेको जनाएको छ। साथै मित्रपार्क शाखालाई समायोजन गरी ग्राहक सेवा अब काठमाडौंको चाबहिल शाखाबाट उपलब्ध गराइनेछ, जुन हालको शाखाबाट करिब ७०० मिटर दूरीमा रहेको छ।

बैंकका अनुसार सम्बन्धित शाखामा रहेका ग्राहकका खाता तथा लकर सेवा नयाँ सञ्चालन हुने शाखामा स्वतः स्थानान्तरण भई नियमित रूपमा सञ्चालन हुनेछन्।

बैंकले लकरमा टुटफुट हुन सक्ने सामग्री राखेका ग्राहकलाई स्थानान्तरणअघि असार १८ गते कार्यालय समयभित्र त्यस्ता सामग्री निकाल्न अनुरोध गरेको छ। अन्यथा लकर स्थानान्तरणका क्रममा सामग्रीमा क्षति पुगेमा बैंक जिम्मेवार नहुने जनाएको छ।

नबिल बैंकले शाखा स्थानान्तरण सम्बन्धी थप जानकारीका लागि सम्बन्धित शाखा कार्यालय वा बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi