Skip to content

सिद्धार्थ बैंकको २ लाख ७२ हजारभन्दा बढी संस्थापक सेयर बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री तथा नामसारी हक हस्तान्तरण सम्बन्धी ७ दिने सूचना प्रकाशित गरेको छ। बैंकले संस्थापक सेयरधनी लिला देवी शारदाले आफ्नो नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको छ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई खरिदको प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरिएको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अब उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई समेत बिक्री गर्न प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।

बैंकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्यासमेत खुलाएर सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालय मा लिखित आवेदन दिन इच्छुक व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi