काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको हो ।
सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुन तोलाको २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ३२५ रुपैयाँ रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्