Skip to content

१६ प्रतिशत बोनस प्रस्ताव गरेको ग्लोबल आइएमईबैंकको कम्पनी विस्लेषण

nabil bank

प्रमुख गतिविधि :

ग्लोबल आइएमई बैंकको ३०७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १६  प्रतिशत बोनस शेयर दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। 
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५ /७६ र २०७४/७५  बीच तुलना गर्दा : 

बैंकले यो अवधिमा आफ्नो खुद नाफामा ३६ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैंकले यो त्रैमासमा ५३   करोड ५८ लाख रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  बैंकले ३९  करोड २९ लाख खुद नाफा कमाएको थियो । 

बैंकले आफ्नो पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न  सफल भएको देखिन्छ । यो अवधिमा बैंकको पूँजी १० प्रतिशतले वृद्धि भएकोे छ भने प्रति शेयर आम्दानी १९  रुपैयाँ ४५ पैसाबाट वृद्धि भएर २४  रुपैयाँ ११  पैसा भएको छ ।

निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १ खर्ब ११ अर्ब निक्षेप उठाई ९९ अर्ब ५० करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।

निक्षेप ६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १५ प्रतिशतले वृद्धि भएको छ । 

बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी ५५ प्रतिशतले वृद्धि भएर १ अर्ब २० करोड पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा ४० प्रतिशतले वृद्धि भएर ७५ करोड ३१ लाख पुगेको छ । 

बैंकले निष्क्रिय कर्जामा कमि ल्याउन सफल भएको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा १ दशमलव           ५७ प्रतिशतबाट घटेर १ दशमलव ०५ प्रतिशतमा आएको छ। 

बैंकले प्रकाशन गरेको वित्तीयविवरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ छ। 

➤कम्पनीको जगेडा कोष भने २४  प्रतिशतले वृद्धि  हुँदै ५ अर्ब ७३ करोड पुगेको छ।

निस्कर्ष : 
कम्पनीले पुँजी वृद्धि संगै प्रति शेयर आम्दानी वृद्धि गर्न सफल भएको छ। कम्पनीको निक्षेप भने यो १ वर्षको अवधिमा ६ प्रतिशतले मात्र वृद्धि भएको छ भने कर्जा प्रवाह १५ प्रतिशतले वृद्धि हुन् सफल भएको छ।

कम्पनीको “कार” ११ प्रतिशत भन्दा थोरै मात्र धेरै भएकाले कम्पनीले आर्थिक वर्ष ७४/७५को खुद नाफाबाट पुरै बोनस शेयर दिन पुग्यो।

कम्पनीले बोनस शेयर प्रस्ताव गरेको र बुक क्लोज हुन् अझै बाँकी नै छ। अहिले कम्पनीको मूल्य आम्दानी १३ गुणा छ।  मूल्य र आम्दानीको अनुपातलाई हेर्दा कम्पनीको अहिलेको बजार मूल्य अन्डरभ्यालुड नै देखिन्छ।

वृद्धि भएको व्याज दरमा निक्षेप संकलन गर्नु अहिले कम्पनीको प्रमुख चुनौती रहेको छ।

*नोट:उपलब्ध तथ्याङ्कमा आधारित यो विस्लेषण पूर्ण होइन। लगानीको निर्णय लग्नु अघि आफै पुन अनुसन्धान गर्नु होला। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi