Skip to content

घरजग्गा कारोबार सुधारतर्फ

काठमाडौं । लामो समयसम्म मन्दीमा देखिएको घरजग्गा कारोबार सुधार तर्फ देखिएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा घरजग्गाबाट तीन अर्ब २० करोड रुपैयाँ राजस्व उठेको छ । मंसिर महिनामा दुई अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको थियो । 

पुस महिनामा ४५ हजार २७७ वटा लिखत पारित भएको छ । मंसिरमा ४१ हजार ८५१ घरजग्गा किनबेच भएको थियो। कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो।

कित्ताकाटको नीति खुकुलो तथा बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह सहज हुँदै गएपछि घरजग्गाको कारोबार बढ्दै गएको हो । 

बैंक तथा वित्तीय संस्थामा धितो राखेर घरजग्गा रोक्का राख्नेको संख्या ३५ हजार ३२० रहेको छ । मंसिर महिनामा २९ हजार ६२६ रहेको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima