Skip to content

अब कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन ।

अनलाइन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।

उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरुले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ । 

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्मwww.digiaccount.kamanasewabank.com मार्फत खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima