Skip to content

कृषि विकास बैंकले फागुन ३० गते बोलायो साधारणसभा

काठमाडौं ।  कृषि विकास बैंकले फागुन ३० गते १७औं  वार्षिक साधारणसभा आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा  बोलाएको छ। 

 उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

उक्त बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ । 

उक्त बैंकले फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima