Skip to content

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाँचथरको डेरीमा

 

काठमाडौं । ग्लोबल आईएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका–१२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  यो सँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरूको संख्या २  सय ७५ पुगेको छ। 

शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नम्बर १२ का अध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्त रूपमा गरेका हुन्। 

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत् विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन्। 

बैंकले ३ सय ५५ शाखा कार्यालय, ३ सय ७८ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट  सेवा दिँदै आएको छ , 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima