Skip to content

ऋण दुरुपयोगको आरोपमा सेञ्चुरीका दुई पूर्वसीईओ पक्राउ

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका तत्कालीन पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । 

सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।

प्रभु बैंकमा सेन्चुरी गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

केही समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima