Skip to content

आइतबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन प्रतितोला १  हजार रुपैयाँले बढेर  नयाँ रेकर्ड राख्न सफल भएको छ। आज सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा १ हजार रुपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि ५  रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T