Skip to content

नेशनल बैंकिङ इन्स्टिच्युट १६ वर्षमा प्रवेश

काठमाडौं । नेशनल बैकिङ्ग इन्स्टिच्युटले  १५औं वार्षिकोत्सवको बनायो । संस्थाको १५ औं वार्षिकोत्सवको

अवसरमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले इन्स्टिच्युटद्वारा संचालित विभिन्न सर्टिफिकेशन कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थिहरुलाइ सम्मानित गर्नुका साथै इन्स्टिच्युटमा १० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई पुरस्कृत गरेका  थिए । 

सोही अवसरमा गभर्नर अधिकारीले नेशनल बैकिङ्ग इन्स्टिच्युटद्वारा संचालन गरिने दुईवटा नयाँ  सर्टिफिकेशन कोर्षहरुको शुभारम्भसमेत गरेका थिए । उक्त अवसरमा गभर्नर अधिकारीले आफ्नो मन्तव्य व्यक्त गर्दै इन्स्टिच्युटले आफ्नो भौतिक  पूर्वाधार (आफ्नै आवासीय क्याम्पस) विस्तारमा जोड दिनुपर्ने र सवै बैंक तथा वित्तिय संस्थाले इन्स्टिच्युटलाई उक्त कार्यमा सहयोग पु¥याउन आवश्यक भएको कुरामा जोड दिए । 

गभर्नर अधिकारीले बैंक तथा वित्तिय क्षेत्रमा क्षमता अभिवृद्धिका लागि थप कार्यक्रमहरु तथा सर्टिफिकेशन कोर्षहरु  ल्याउनुपर्ने आवश्यकता औंल्याए । उक्त अवसरमा इन्स्टिच्युटको सहयोगी सस्ंथाका प्रमुख कार्यकारी अधिकृत विश्व केतन दासले सर्टिफिकेशन कोर्षको महत्वका बारेमा चर्चा गरे । नेपाल बैंकर्स संघका अध्यक्ष  सुनिल केसीले बैंकहरु नेशनल बैकिङ्ग इन्स्टिच्युटको भौतिक पूर्वाधार विकास तथा इन्स्टिच्युटका विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि सदैव सकारात्मक रहेको कुरा व्यक्त गरे । 

इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत  कुमार लम्सालले इन्स्टिच्युटका गतिविधि तथा भावि कार्यक्रमहरुका बारेमा प्रकाश पारे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुका साथै विभिन्न बैंक तथा वित्तिय सस्ंथाका कार्यकारी प्रमुख तथा अन्य अधिकारीहरुको उपस्थिति थियो । 

कार्यक्रमको अन्तमा उक्त कार्यक्रमको सभापतित्व गरेका नेपाल राष्ट्र बैंकका  कार्यकारी निर्देशक तथा नेशनल बैकिङ्ग इन्स्टिच्युटका अध्यक्ष डा.नेफिल मातङ्गी मास्केले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई इन्स्टिच्युटको विकासमा पुर्याएको सहयोगका लागि धन्यबाद दिंदै इन्स्टिच्युटका कर्मचारीहरुको प्रशंसा गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima