Skip to content

चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी ऋण भए सञ्चालक बन्न नपाउने

काठमाडौं । अर्थ मन्त्रालयले संसद्मा दर्ता गराएको बाफिया विधेयकमा अब कुनै पनि बैंकको चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने व्यक्ति सो बैंकको सञ्चालक बन्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले बैंकर र व्यवसायी छुट्याउनका लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा सोहीअनुसार संशोधन गर्ने प्रस्ताव गरेको छ।

चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने अर्थ मन्त्रालयले संसद्मा दर्ता गराएको बाफिया विधेयकमा व्यवस्था प्रस्ताव गरेको छ।

‘सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन योग्य हुनेछैन,’ संसद्मा दर्ता भएको संशोधित बाफियामा भनिएको छ।

सम्ब व्यक्ति वा निजको परिवारले व्यवसायीक ऋण लिएको सीमा यकिन गर्न आवश्यक भएकोले सो व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi