Skip to content

नेप्से ११ अंकले घट्यो, कारोबार रकम २ अर्ब २३ करोड

काठमाडौं । बुधबार नेप्से परिसूचक नेप्से परिसूचक १०.८३ अंक घटेर २०३०.८६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४४ हजार २४९ पटकको कारोबारमा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको ६० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९१ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७२ प्रतिशत घटेको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima