Skip to content

ऋण चाहियो भन्दै दुर्गा प्रसाइँ बैंकको शरणमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने आन्दोलन चलाएका दुर्गा प्रसाइँ बैंक चाहिएको भन्दै बैंकको शरणमा पुगेका छन् । 

सोमबार प्रसाइँले आफूले ऋण लिएका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप ऋण माग्नको लागि छलफल गरेका थिए । 

प्रसाइँको मेडिकल कलेजलाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनको लागि अदालतले फैसला सुनाएको छ । 

अदालतको फैसलापछि मेडिकल कलेज सञ्चालन गर्ने बैंकको ऋण तिर्ने प्रतिक्रिया प्रसाइँले दिएका थिए । 

प्रसाइँले झापामा सञ्चालन गर्ने भनेको मेडिकल कलेज र क्यान्सर अस्पतालको लागि बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ऋण दिएका छन् । 

ग्लोबल आइएमई बैंक, कुमारी बैंक, प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले प्रसाईँसँग करिव ६ अर्ब छ । 

प्रसाइँले मेकिडल कलेज सञ्चालन र क्यान्सर अस्पताल सञ्चालनको लागि उपकरण आयातको लागि एलसी खोल्न माग गरेका हुन् । 

सोमबार प्रसाइँसँग छलफलमा बसेका बैंकरहरु थप ऋण दिने पक्षमा भने छैनन् । 

“बैंकबाट ऋण दियो अनि बैंकलाई गाली गर्ने प्रसाइँलाई ऋण दिनेमा सहमत हुन सकिन्छ,”एक बैंकरले भने,“तर,प्रसाइँ बाहेक अन्य सञ्चालक आएर व्यवसायिक योजना बनाएमा ऋण नदिने भन्ने हुँदैन।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima