Skip to content

नेप्से ६ अंकले घट्यो, कारोबार २ अर्ब ८७ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार  पनि नेप्से परिसूचक ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

आज नेप्सेसँगै  कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि आज दुई स्टकको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।  त्यसैगरी, यस दिन हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो। घटेका उपसमूहको गिरावट दर यस दिन १ प्रतिशतभन्दा कम रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima