Skip to content

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता सेयर आजदेखि लिलामीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढमार्फत बिक्रीमा ल्याएको छ । 

सोसेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ३० रुपैयाँ रहेको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरि बोलपत्र पेस गर्ने सक्ने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछन् ।

साथै, सेयर खरिद गर्ने इच्छुक साना किसान सहकारी संस्था वा अन्य विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी चैत १९ गतेदेखि वैशाख २३ गतेसम्ममा कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौं वा संस्थाका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान वा अत्तरियामा आवेदन पेस गर्ने सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima