Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशतक लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १०.२६ प्रतिशत बोनस सेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद लभांश रहेको छ।

मंगलबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima