Skip to content

अब कृषि विकास बैंकका ग्राहकले ‘एडीबीएल स्मार्ट एप’बाट कर्जा प्राप्त गर्न सक्ने

काठमाडौं । कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट प्लस एप’ मा कर्जाको नयाँ सुविधा सुरु गरेको छ। यस सुविधामार्फत योग्य ग्राहकले २ लाख रुपैयाँसम्म प्रत्यक्ष रूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्।

सो बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरूले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि इएमआइ आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानको विकल्प पनि रहने छ।

एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरूले बाइ नाओ, पे लेटर (बिएनपिएल) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। 

बिएनपिएल सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ। यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ। 

त्यसैगरी ग्राहकहरूले ‘कनभर्ट टु इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरूले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन्। 

यस सेवा प्रयोग गर्न ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडिबिएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन्। 

कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरू जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको लगायतका आधारमा सफ्टवेरमार्फत तय गरिन्छ। 

योग्य ग्राहकहरूको आफ्नो मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटम देखा पर्नेछ। ग्राहकहरूले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरू प्राप्त गर्न सक्नेछन्। 

यो सेवा सुश्र गरेपछि सरकारी बैंकहरूमध्ये फोनलोन सेवा सञ्चालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको बैंकको दाबी छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima