Skip to content

‘डिसहोमको मिसन ८१’ ३ हजारमा वार्षिक रिचार्ज गर्न सकिने

काठमाडौं । डिसहोमले नयाँ वर्ष विशेष ग्राहकहरूको लागि नयाँ योजना सार्वजनिक गरेको छ।  नयाँ वर्ष २०८१ को सुरुआतसँगै कम्पनीले ‘डिसहोम मिसन ८१’ योजना सार्वजनिक गरेको हो। यस योजनामा डिसहोमका ग्राहकहरूले जम्मा तीन हजार रूपैयाँमा डिसहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्।
ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर ‘फन्ड ट्रान्सफर’ वा अनलाइन रिचार्ज सेवा आइएमइ पे, खल्तीमार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपालभर रहेका डिसहोमका डिलर तथा सबडिलरहरूमार्फत ग्राहकहरूले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्ने समेत कम्पनीले जनाएको छ।
यसबारे देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रबाट जानकारी लिन सकिनेछ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima