Skip to content

इसेवाबाट सोल्टीमा खानपान र बसाइ बुकिङ गरे क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने

 

काठमाडौं । इसेवा र पाँचतारे होटल सोल्टी होटल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ।

सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरूले इसेवाबाट सोल्टी होटल्सको कुनै पनि होटलमा बसाई बुकिङमा तथा खानपान गरेबापत क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने व्यवस्थाका लागि इसेवा र सोल्टी होटेल्स तथा रिसोर्टस ब्रान्डबीच सम्झौता भएको हो।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र स्ट्रिमपिक इन्टरनेसनलका सञ्चालक तथा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै इसेवाका सीइओ खड्काले सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रको लागि उदाहरणीय रहेको बताए।

सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकहरूलाई सहज बनाउने उनले विश्वास व्यक्त गरे। ‘लोयाल्टी पोइन्टबाट इसेवा प्रयोगकर्ताहरूको लागि अब होटल तथा खानपानका लागि रेष्टुराँ बुकिङमा थप सहजीकरण र फाइदाजनक हुने भएको छ,’ उनले भने।

उक्त हस्ताक्षर कार्यक्रममा सोल्टी होटलका उपाध्यक्ष चापागाईंले यो सम्झौताले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने बताए।उनले इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसका सबै होटलहरूमा सहजै बुकिङ गर्न सकिने समेत बताए।

इसेवाका अनुसार देशभर इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या एक करोड १० लाखभन्दा बढी पुगेको छ। हाल इसेवाका देशभर करिब २ लाख ५० हजारको सङ्ख्यामा एजेन्ट नेटवर्क फैलिएको छ।

इसेवाले काठमाडौंस्थित केन्द्रिय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ। इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, बिजुली तथा खानेपानीको बिल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज र बसको टिकट, स्कुल–कलेजको शुल्क लगायतका सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi