Skip to content

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

nabil bank

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले शुक्रबार सञ्चालक समिति बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको छ । कम्पनीले अब आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । यसअघि भने २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । नियामक नेपाल बिमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि वैशाख २१ गतेको सञ्चालक समिति बैठकमार्फत उक्त संशोधन गरिएको आइएमई लाइफले जनाएको छ । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi