काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५८ अंकले घटेर १९७४.३७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८ सय ३ कित्ता कारोबार हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको १२ करोड ६४ लाख ९९ हजार ७ सय ५३ रुपैयाँ १० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ५१ रुपैयाँ रहेको छ ।
आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ र ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज दोल्ती पावर कम्पनीको सेयर मूल्य ९।५६ प्रतिशतले घटेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ ।












प्रतिक्रिया दिनुहोस्