Skip to content

सूर्यज्योति लाइफको १६औं साधारणसभा सम्पन्न, ३५ प्रतिशत लाभांश पारित

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी १६औं वार्षिक साधारणसभा शुक्रबार विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।

सभामा ३५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लगि समेत) सभाले पारित गरेको हो ।

सभामा गत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९र८० को २०७९ पुस ६ गतेको नाफारनोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गरेको छ ।

यसका साथै सूर्यज्योति लाइफको लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९र८० को नाफारनोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरेको छ ।

सभाले चालु आवका लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi