Skip to content

नेप्से सामान्य अंक बढ्यो, कारोबार २ अर्ब १४ करोड

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।४३ अंक बढेको छ।

नेप्से बढेपनि आजकारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३८ हजार २१४ पटकको कारोबारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। सेयरमूल्य बढेका शीर्ष १० कम्पनीको सूचीमा ९ लघुवित्त कम्पनीहरु छन्। जसमध्ये हिमालयन लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने समता घरेलु लघुवित्तको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ६.२३ प्रतिशत घटेको छ।

आज अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन अरु उपसमूहको तुलनामा उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४३ प्रतिशत बढेको छ।

आज कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima