Skip to content

नेप्से ०.२१ अंकले घट्यो, कारोबार २ अर्ब ५४ करोड

 

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ०.२१ अंक घटेर १९६०.६० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै ०.०९ अंक बढेको छ।

नेप्से करिब स्थिर रहे पनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०५ स्टकको ४१ हजार १३७ पटकको कारोबारमा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको ५८ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज फस्ट माइक्रोफाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्रामीण विकास लघुवित्तको ७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

इन्फिनिटी लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन १२७ रुपैयाँ ९० पैसा बढेर १ हजार ४०७ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi