Skip to content

बिहीबार नेप्से ५.६३ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब १२ करोड

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.६३ अंक बढेर १९६६.२३ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ४९ हजार ३३२ पटकको कारोबारमा ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज १६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सोल्टी होटलको करिब साढे १४ करोडको सेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र पोखरा फाइनान्सको साढे ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
आज १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा बढेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi