Skip to content

साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।

उक्त कम्पनीले सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । सो सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनी भएकाले सेयर खरिद गर्न ईच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी वित्तीय संस्थाको केन्द्रीय कार्यलय, गोरखामा आफूले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा संख्या खुलाई निवदेन दिनुपर्नेछ ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नआएको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया अगाडि बढाउने संस्थाले सूचना मार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi