Skip to content

मंगलबार नेप्से २८ अंकले बढ्यो, कारोबार ४ अर्ब ८ करोड

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकले बढेको छ।

नेप्से सूचक बढेर २ हजार विन्दुमाथि पुगेपछि कारोबार रकम पनि बढेको छ। सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब बढीको सेयर कारोबार भएको छ। आज ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ।

आज उपकार लघुवित्त, समाज लघुवित्त र यसनिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ।

यता हिमालयन उmर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima