Skip to content
Prabhu

रेड्मी नोट १३ः किन्दा बन्डल अफरमा

 

काठमाडौं । स्मार्टफोन बजारमा रेड्मी नोट १३ सिरिजले राम्रो प्रदर्शन गरिरहेको छ । यस सिरिजले गत वर्षजस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचरसहितका स्मार्टफोनहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

साओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरकपन प्रदान गर्दै आएको छ । जसमा रेड्मी नोट १३ पनि कम नभएको कम्पनीको दाबी छ ।

भव्य डिस्प्ले

रेड्मी नोट १३ को ७.९७ एमएम मोटाइ र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई स्लिम र हल्का तौल बनाउन सघाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्ने जनाइएको छ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्यास रेजिस्ट्यान्ससहित उपलब्ध छ ।

शक्तिशाली स्न्यापड्रागन ६८५

स्न्यापड्रागन ६८५ चिपसेटसहित रेड्मी नोट १३ को प्रभावकारी पर्फर्मेन्स दिन्छ । एन्ड्रोइड १४ र हाइपर ओएसको सहायताले यो डिभाइस निर्वाधरूपमा चल्द छ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जीबी र्‍याम रोज्न र आफ्नो आवश्यकताअनुसार १२८ वा २५६ जीबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

१०८ मेगापिक्सेल पावरहाउस

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरूमा छुट्टै चमक ल्याउने कम्पनीको भनाइ छ ।

एक्स्ट्रा ब्याकअप

रेड्मी नोट १३ मा ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर उपलब्ध छ । साथमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

प्रयोग गर्न सजिलो

एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् । साथै इन–डिस्प्ले फिङ्गर सेन्सरसहित प्रयोगकर्ताहरूलाई सरल तथा आवश्यकता अनुसारको फिचरहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

डल्बी एटमसले ट्युन गर्ने डुअल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राइटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोका लागि पनि उत्कृष्ट फोन बनेको कम्पनीको दाबी छ ।

कति पर्छ मूल्य ?

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रिन, ओसियन सनसेट र आइस ब्लू कलरमा उपलब्ध छ । फोनको मूल्य ६र१२८ जीबीका लागि २४ हजार ९ सय ९९, ८र२५६ जीबीका लागि २७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्राहकलाई प्रोत्साहन गर्न साओमीले रेड्मी नोट १३ किन्दा दुई हजार ९ सय ९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टिभ मात्र एक हजार ६ सय ९९ रुपैयाँ को बन्डल अफरमा दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal