काठमाडौं । बिहीबार सेयर बजार परिसूचक सामान्य अंकले घट्यो । १३५ कम्पनीको सेयर मूल्य घटेको दिन समग्रमा सेयर बजार परिसूचक १ दशमलव ९३ अंकले घटेको थियो ।
बिहीबारको कारोबार बन्द हुँदा माइखोला हाइड्रोपावर लिमिटेड, ज्योति विकास बैंक बन्ड २०८७, नारायणी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स लिमिटेड र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।
बिहीबार माइखोला हाइड्रोपावरको सेयर मूल्य ६.४० प्रतिशत अर्थात् ३२ रुपैयाँले घटेर ४६८ रुपैयाँमा पुगेको छ । याता ज्योति विकास बैंकको बण्ड २०८७ ५.५३ प्रतिशत अर्थात् ५७ रुपैयाँ ५० रुपैयाँले घटेर ९८२ रुपैयाँ पुगेको छ ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि बिहीबार ५.३१ प्रतिशतले घटेको छ । यो बैंकको सेयर मूल्य ३१ रुपैयाँ ७० पैसाले घटेर ५६५ रुपैयाँमा कारोबार बन्द भएको छ ।
पोखरा फाइनान्सको सेयर मूल्यमा पनि ५.१२ प्रतिशत अर्थात् ३१ रुपैयाँ १० पैसाले घटेर ६१३ रुपैयाँ ७० पैसा पुगेर बन्द भएको छ । त्यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.५६ प्रतिशत अर्थात् ६७ रुपैयाँले घटेर १ हजार ४०१ रुपैयाँमा कारोबार बन्द भएको छ ।













प्रतिक्रिया दिनुहोस्