Skip to content

बिमा सर्भेयरको सूची दर्ता गर्न नेको इन्स्योरेन्सको आग्रह

nabil bank

 

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बिमा सर्भेयरको सूची दर्ता गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बिमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्न कम्पनीले बिमा सर्भेयरको सूची दर्ता आह्वान गरेको हो ।

नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट सर्भेयर इजाजत पत्र प्राप्त गरी इजाजत बहाल रहेका र नेको इन्स्योरेन्समा सूचीकृत नभएका इच्छुक सर्भेयर व्यक्ति वा संस्थाले सूची दर्ताका लागिनिवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै इच्छुक सर्भेयर व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बीमाभवन, ज्ञानेश्वर वा शाखा कार्यालयमार्फत सूची दर्ता गराउन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi