Skip to content

साल्ट ट्रेडिङ कर्पोरेसनको १५ प्रतिशत बोनस वितरण

 

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले आफ्नो सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । कर्पोरेशनले चुक्ता पुँजीको १५ प्रतिशत बोसन सेयर वितरण गरेको हो ।

कम्पनीको चैत २३ गते सम्पन्न ५७ औं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस सेयर वितरण भएको हो । कम्पनीको बोनस सेयर जेठ २१ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको जनाएको हो ।

चैत ८ गतेसम्म कायम सेयरधनीरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् । चैत ८ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्नसमेत कम्पनीले भनेको छ ।

हाल बोनस सेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र डिम्याट खाता खोली आफ्नो बोनस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima