Skip to content

एनएमबि लघुवित्तको साधारणसभा असार २१ गते

nabil bank

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति तोकेको छ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले असार २१ गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०७१/०८० को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने छ । आव २०७१÷०८० को माफा नोक्सान, हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरू उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापकतर्फको १ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

सभामा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi