Skip to content
Prabhu

सुन तोलामा १६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले महँगो भएको छ । गत साताको अन्तिम दिन शुक्रबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ६ सय रपैयाँले बढेको हो ।

आइतबार छापाला सुन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ४१ हजार २ सय  रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४२ हजार १ सय  रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ४० हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले महँगो भएको छ । शुक्रबार १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal