Skip to content
Prabhu

उपभोक्ता प्रतिसधैं धोका, मूल्य घटेपछि सहज रूपमा पाइँदैन इन्धन

काठमाडौं । आइतबार बिहानैदेखि पेट्रोल पम्पमा कतै पेट्रोल त कतै पेट्रोल, डिजेल छैन भन्ने बोर्ड टाँगिएका थिए । अहिले देशमा पेट्रोलियम पदार्थको अभाव पनि छैन । नेपाल आयल निगमका अनुसार अहिले सहज रूपमा इन्धनको आपूर्ति भइरहेको छ । तर, पनि आइतबार बिहान उपत्यकाका धेरैजसो पम्पमा त्यस्तो बोर्डहरु झुन्ड्याइएका थिए ।

यो अवस्था आउनुको कारण इन्धनको आपूर्तिमा समस्या भएर होइन । यसको कारण त शनिबार नेपाल आयल निगमले इन्धनको मूल्य घटाउँछ भन्ने थाहा पाएका व्यवसायीहरुले शुक्रबार डिपोबाट इन्धन नउठाउनु ।

यस्तो अवस्था जब जब आयल निगमले इन्धनको मूल्य घटाउँछ तब देख्न पाइन्छ । तर, जब आयल निगमले मूल्य बढाउँदैछ भन्ने थाहा भयो भने पम्प व्यवसायीहरुले अघिल्लै दिन इन्धन उठाउँछन् । हरेकपटक मूल्य घट्नुभन्दा पहिले व्यवसायीले इन्धन नउठाउँदा यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको छ ।

असार १ गते शनिबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटायो । यस विषयमा पहिले नै जानकार रहेका व्यवसायीहरुले शुक्रबार डिपोबाट इन्धन उठाएनन् । अनि शनिबार डिपो बन्द हुन्छ । आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य सामान्य घटयो । तर, आइतबार बिहानै पम्पमा पुगेका ग्राहकहरु भने पेट्रोल छैन भनेर टाँसेको बोर्ड हेरेर फर्किनुप¥यो ।

हरेकपटक निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँदा उपभोक्ताले भोग्ने गरेको समस्या हो यो । निगमले हरेक १५–१५ दिनमा भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्यअनुसार नेपाली बजारमा पनि मूल्य समायोजना गर्ने गर्छ । पम्पमा मूल्य घटेको समयमा मात्रै यस्तो अवस्था देखिन्छ । बढेको समयमा भने यस्तो समस्या देखिँदैन । पम्प व्यवसायीहरुले मूल्य घट्ने जानकारी पाएपछि डिपोबाट इन्धन नै ल्याउँदैनन् । अनि पम्पमा इन्धन नभएको सूचना टाँसिदिन्छन् । उनीहरु उपभोक्ताप्रति कत्तिपनि जिम्मेवार देखिदैनन् ।

तर त्यही कुरा इन्धनको मूल्य बढेको समयमा भने लागू हुदैन । यदि निगमले आइतबादेखि मूल्य बढाउँदैछ भने व्यवसायीहरु शुक्रबार नै सस्तो मूल्यमा प्रयाप्त इन्धन खरिद गरेर ल्याउँछन् । तर, मूल्य घट्दै छ भन्ने सुइको पाउना साथ भने उनीहरु इन्धन उठाउँदैनन् ।

शनिबार सार्वजनिक गरिएको सूचनाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ भने डिजेल र मटितेलको मूल्य लिटरमा १ रुपैयाँले सस्तो भएको छ । तर, शनिबार मूल्य घटेपछि आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश पेट्रोलपम्ममा इन्धन नभएका बोर्डहरु राखिएको छ ।

यता नेपालल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर भने १ गते शनिबार परेका कारणले यो अवस्था आएको बताउँछन् । पम्पहरुले आइतबारसम्मका लागि पुग्ने इन्धन लिएर जाने उनको भनाइ छ । तर आइतबार बिहानको समयमा काठमाडौंका अधिकांश पम्पमा पेट्रोल छैन भन्ने बोर्ड झुण्डाइएका छन् । ‘शनिबार डिपो बन्द हुन्छ । शुक्रबार नै आइतबारसम्म पुग्ने इन्धन पम्पहरुले लैजाने गरेका छन् । तर अहिले चालकको अवरोधका कारण समस्या भएको छ,’ उनले भने ।

चालकको अवरोध भने पनि जेसुकै भए पनि अत्यावश्यक वस्तुका रुपमा रहेको पेट्रोलियम पदार्थको मूल्य घट्ने जानकारी पाउना साथ पम्प सञ्चालकले समयमा इन्धन नल्याउँदा आभ उपभोक्ताहरुले भने निकै सस्तो भोग्नु परेको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनका महासचिव विश्व प्रसाद अर्यालले भने केही पम्पमा इन्धन नभएको भए केहीमा भने इन्धन भएको दाबी गरे । व्यापारिले घट्ने थाहा पाए पछि कम किन्ने कारणले गर्दा यो अवस्था आएको भनाइ छ । ‘घट्दै छ भन्ने थाहा पाएपछि कम किन्ने र बढ्दै छ भन्ने थाहा पाएपछि बढी किन्ने कुरा नेचुलर हो,’ उनले भने । दिउँसोदेखि सबै पम्पहरुमा सहज रुपमा इन्धन प्राप्त हुने उनको भनाइ छ ।

इन्धनको बिक्री गरेबापत पम्प व्यवसायीहरुले कमिसन पनि पाउँछन् । तर, पनि व्यवसायीहरुले धेरै लोभ गरिरहेका छन् । पेट्रोलियम पदार्थ बिक्री गर्दा पम्प व्यवसायीहरुले ३ प्रतिशत कमिसन पाउँछन् । तर पनि व्यवसायीहरुले मूल्य घटेको समयमा इन्धन डिपोबाट इन्धन नै उठाउँदैनन् । घटेको मूल्य लागू भएपछि मात्रै उठाउने गर्नाले बजारमा इन्धनको अभाव देखिने गरेको छ । विशेष गरी उपत्यकामा पेट्रोल र डिजेलको समस्या हुने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal