Skip to content
Prabhu

सोमबार सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार १६ सय रुपैयाँले बढेको सुन सोमबार भने तोलामा ६०० सय रुपैयाँले सस्तो भएको हो । त्यस्तै चाँदी पनि सोमबार तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलामा १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुनको मूल्य २ हजार ३२४.०६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२५ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal