Skip to content

धितोपत्र बोर्डमा २ जनाको नाम सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषयमा महान्यायाधिवत्ताको कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भन्दै लिखित सुझाव अर्थ मन्त्रालयमा पठाएको छ । सो पत्र प्राप्त गरेपछि अर्थमन्त्रालय सोमबारदेखि छलफलमा जुटिरहेको छ ।

सेबोन अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये बोर्डले ५ जनाको मात्र सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम परेका थिए ।

कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि कानुनी व्यवस्थाअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार नै दुई जनाको मात्र नाम सिफारिस गर्नु कानुनतः नभएको भन्दै कार्यालयले राय पेस गरेको उच्च स्रोतको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima