Skip to content

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

मस्को । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताए । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे।

आक्रमण बिहान ४ः३५ मा भएको बताउँदै आगलागी सानो भएकाले यसलाई छिट्टै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।

पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।

दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रूसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima