Skip to content

सुन–चाँदीको मूल्य घट्यो 

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ७०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलाको ३० रुपैयाँ घटेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँ रहेको थियो ।
यसैगरी, मंगलबार नेपाली बजारमा चाँदी तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima