Skip to content

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा फेरि पनि पोखरेल निर्वाचित, आगामी आवमा आइपीओ निकाल्ने

nabil bank

बुटवल । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा पुरानै सञ्चालक सदस्यहरु निर्वाचित भएका छन्।
बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारणसभाले संस्थापक अध्यक्ष पोखरेल नेतृत्वको सञ्चालक समितिमा संस्थापक सदस्यहरु दीपक बोहरा, रचितकुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई नै चार वर्षका लागि निर्वाचित गरेको हो ।
अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी ऊmर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक तथा वहालवाला अध्यक्ष छन् भने आरम्भ चौतारी माइक्रो फाइनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक हुन् ।

माइक्रो इस्स्योरेन्सको साधारणसभाले आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि आइपीयो जारी गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीका उपकार्यकारी प्रमुख अधिकृत विश्वजन थापा श्रेष्ठले जानकारी दिए ।
बुटवलमा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने निर्णय पनि गरेको छ।
घुम्ती बीमा सेवाका लागि कम्पनीका नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गानाले संयुक्त रूपमा मोबाइल भ्यानको समेत उद्घाटन गरेका थिए।
मोबाइल भ्यानमार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाका बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने सिइयो ढुंगानाले बताए।
गत चैत्त ९ गतेदेखि औपचारिक रुपमा बुटवलबाट सेवा सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ । सेवा शुभारम्भ गरेको छोटो समयमै राम्रो कारोबार गर्न सफल यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामूहिक तथा व्यक्तिगत दुर्घटना विमा, ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति र सावारी साधन बीमा सेवा दिने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi