Skip to content

एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ६ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ता समेत खुलाई निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा बिक्री कारबाही अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi