Skip to content

हाथवे इन्भेष्टमेन्टको सञ्चालकमा अम्बिका लामिछाने नियुक्त

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालक समिति सदस्यमा अम्बिका शर्मा लामिछाने नियुक्त भएकी छिन् । संस्थापक समूहको तर्फबाट लामिछानेलाई सञ्चालक पदमा नियुक्त गरिएको हो।

उक्त कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थापक समूहको तर्फबाट कम्पनीका संस्थापक सेयरधनी लामिछानेलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

लामिछानेलाई सञ्चालक समितिको रिक्त पदमा बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T