Skip to content
Prabhu

महंगो भयो डिजिटल पेमेन्ट सरकारले आजदेखि लगायो १३ प्रतिशत भ्याट

काठमाडौं । सरकारले डिजिटल कारोबार बढाउने भनेपनि यसको खर्च बढाउने नीति लिएको छ ।

डिजिटल पेमेन्टमा लोकप्रिय रहेको क्लियरिङ सेवामा सरकारले चालु आर्थिक वर्षदेखि लागू हुने गरेर १३ प्रतिशत भ्याट लगाएको हो ।

सरकारले आजदेखि क्लियरिङ्ग सेवामा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लिने भएको छ।

आर्थिक ऐन, २०८१ मा क्लियरिङ सेवालाई मूल्य अभिवृद्धि कर छुटको सूचीबाट हटाएको छ । जसको कारण आर्थिक वर्ष शुरु भएको मंगलबारदेखि यसमा १४ प्रतिशत भ्याट लाग्ने भएको हो ।

एनसीएचएलले भुक्तानी दिने सेवामा १३ प्रतिशत भ्याट लाग्ने जनाएको छ । एनसीएचएलले भुक्तानी गर्दा लिने कमिसनमा उपभोक्ताले थप १३ प्रतिशत भ्याट तिनुपर्ने भएको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal