Skip to content
Prabhu

गुगलले हालसम्मकै ठूलो रकम खर्चेर विज खरिद गर्दै

एजेन्सी । गुगलको माउ कम्पनी अल्फाबेटले साइबर सेक्युरिटी कम्पनी स्टार्टअप विज खरिदका वार्ता अघि बढाएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार यदि गुगलले यो कम्पनी खरिद गर्यो भने गुगलका तर्फबाट भएको हालसम्मकै सबैभन्दा ठूलो प्राप्ति हुनेछ ।
गुगल र विजबीच प्राप्तिका विषयमा यस वर्षको सुरुआतदेखि छलफल सुरु भएको हो जति बेला विजले भेञ्चर क्यापिटल लगानीकर्ताबाट स्टार्टअपका लागि एक अर्ब डलर लगानी जटाएको थियो । यद्यपि यो सम्भावित सम्झौता अझै अन्तिम चरणमा नपुगेकाले यो बीचमै हराउन पनि सक्ने स्रोतले जनाएको छ ।
यो समाचार सुरुमा द वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको थियो । तर यसबारे गुगल र विज कसैले पनि पुष्टि भने गरेका छैनन् । यदि यो सम्झौता भयो भने यो हालसम्मकै गुगलका तर्फबाट भएको सबैभन्दा ठूलो सम्झातौ हुनेछ । गुगलले एक दशकअघि १२.५ अर्ब डलरमा मोटोरोला कम्पनी खरिद गरेको थियो । जुन तत्कालीन समयका लागि सबैभन्दा ठूलो टेकओभर थियो । गुगलले उक्त कम्पनी  खरिद गरेको दुई वर्षपछि  ठूलो घाटो बेहोर्दै कम्पनी बन्द गरेको थियो ।
सन् २०२२ मार्चमा अल्फाबेटले साइबर सेक्युरिटी फार्म म्याडियन्टलाई ५.४ बिलियन डलरमा खरिद गरेको थियो । कम्पनीले तत्कालीन समयमा साइबर चुनौती तथा क्लाउड कम्युटिङ व्यवसायलाई सम्बोधन गर्नका लागि उक्त कम्पनी खरिद गरेको थियो ।  गुगलको क्लाउडले मुख्य व्यवसाय विज्ञापनबाहेक राजस्व विविधिकरणमा बढी ध्यान दिन्छ । यद्यपि क्लाउडको बिक्री भने बढेको छ । साथै यो अहिले माइक्रोसफ्ट  र अमेजन जस्ता कम्पनीले दिने समान सेवासँग प्रतिस्पर्धा गरिरहेको छ ।
गुगलका लागि विज खरिद गर्नु माइक्रोसफ्ट र अमेजनप्रति एक शक्तिशाली कदम हुनेछ । “गुगलले साइबर सुरक्षा क्षेत्रमा ठूलो लगानी गरिरहेको र यसको प्रमुख क्लाउड सेवा पूरक बनाइरहेको देखिनेछ” वेडबुसका प्रबन्ध निर्देशक र वरिष्ठ इक्विटी अनुसन्धान विश्लेषक ड्यान आइभ्सले सोमबार भने ।
हालका वर्षहरूमा कम्पनीहरूले डेटा क्लाउड प्लेटफर्ममा धेरै खर्च गरेका छन् भने क्लाउड सुरक्षा कम्पनीहरुका लागि महत्वपूर्ण बनेकोछ । केही दिन अघि मात्र, एटी एण्ड टीले तेस्रो–पक्ष क्लाउड प्लेटफर्ममा अवैध डाउनलोडद्वारा भएको ठूलो उल्लंघनका कारण यसको लगभग सबै वायरलेस ग्राहकहरूको कल र टेक्स्ट रेकर्डहरू उजागर गरिएको खुलासा गरेको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal