Skip to content
Prabhu

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल,आर्थिक सल्लाहकारमा युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्माको ओलीको राजनीतिक सल्लाहकारमा बिष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिमाललाई प्रमुख राजनीतिक र खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा मन्त्री सरहको सुविधा पाउने गरेर नियुक्त गरेका हुन् ।

यसअघि ओली प्रधानमन्त्री हुँदा रिमाल प्रमुख राजनीतिक सल्लाहकार थिए । खतिवडा एमालेबाट बारम्बार अवसर पाउने अर्थशास्त्रीमा पर्छन् । उनलाई केपी शर्मा ओलीले २०७४ सालमा अर्थमन्त्री बनाएका थिए । अर्थमन्त्रीको कार्यकाल सकिएपछि खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए । ओलीले खतिवडालाई अमेरिकाको नेपाली राजदूत समेत बनाएका थिए । खतिवडा राष्ट्र बैंकको पूर्व गभर्नर तथा योजना आयोगको पूर्व उपाध्यक्ष समेत हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal