Skip to content
Prabhu

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ रहेको छ । सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४०५ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १३ पैसामा कारोबार भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal