Skip to content
Prabhu

भारतमा घट्यो सुनचाँदीको भन्सार, नेपालभन्दा भारतमा सस्तो

काठमाडौं । भारत सरकारले सुनमा लाग्ने भन्सार शुल्क घटाएको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सुन र चाँदीमा लाग्ने भन्सार शुल्कलाई ६ प्रतिशतमा घटाएकी छन् । यसअघि १५ प्रतिशतले सुनचाँदीमा भन्सार शुल्क लाग्ने गरेको थियो ।

नेपालमा भने चालु आर्थिक वर्षको बजेटबाट १५ प्रतिशतबाट २० प्रतिशत सुनको भन्सार शुल्क बढाएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार भन्सार शुल्क घटेपछि भारतमा अवैध रुपमा सुनचाँदी आउने क्रम रोकिने अनुमान गरिएको छ ।

भारतमा सुन लैजानको लागि नेपाल ट्रान्जिट नै देश रुपमा भएको थियो । पछिल्लो समय भने नेपालको तुलनामा भारतमा सुनको मूल्य कम छ । अझ चाँदी त नेपाली बजारमा भारतबाट नै आयात हुने छ ।

भन्सार शुल्क घटेसँगै नेपाली बजारको तुलनामा भारतमा सुन मूल्य प्रतितोला १० हजारले सस्तो भएको छ ।

चाँदी आयातमा सरकारले लगाएको कोटाको कारण पछिल्लो २ वर्षमा चाँदीको आयात हतै घटेको छ । जसले गर्दा भारतीय बजारबाट अवैध रुपमा चाँदी नेपाल भित्रने गरेको छ ।
केही दिन अगाडि प्रहरीले भारतबाट नेपालमा चाँदी बिक्री गर्न आएका बिक्रेतालाइ पक्राउ समेत गरेको थियो ।

व्यवसायीहरुका अनुसार भारतले लिएको नीतिले अब नेपालबाट सुनचाँदी भारत जाने भन्दा पनि नेपालमा अवैध रुपमा आउने क्रम बढ्ने छ ।

नेपालमा वाणिज्य बैंकहरुले सिजनको बेला २० किलो र सिजन नभएको बेला १५ किलो सुन ल्याउन पाउँछन् । महालेखाको प्रतिशत सुन ठूला व्यवसायीले अनौपचारिक माध्यमबाट खरिद गर्ने गरेको देखिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal