Skip to content

सौर्य जहाज दुर्घटनाः ४ जनाको शव निकालियो, उद्धार जारी

nabil bank

काठमाडौं। त्रिभुवन विमानस्थलमा नजिकै बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज  दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले ४ जनाको शव निकालेका छन्। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन।

सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन्। पोखरामा सौर्यको नियमित उडान हुने गरेको छैन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi